१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रेम सुवालको प्रश्न : ‘दाहाल, देउवा र ओलीको बैठक फिल्म देखाउनका लागि हो ?’

२६ बैशाख २०८०, मंगलवार ०६:३०

वैशाख २६, काठमाडौं | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै कटाक्ष गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरेर अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन् । 

सांसद सुवालले भने– ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’ 

उनले ख्वप विश्वविद्यालयको विधेयक दर्ता भएर सांसदहरूलाई वितरण भइसकेर पनि अहिलेसम्म किन रोकिएको भन्दै प्रश्न गरे ।  खानेपानीको मुहान भक्तपुर र बागेश्वरी बीचको जङ्गल बिगारेर माथि बागेश्वरी मझुवामा खेल मैदान बनाउनेहरूलाई किन कारबाही हुँदैन भन्दै सांसद सुवालले बर्खाको पानी जम्मा हुने गरी खोलामा ड्याम बनाउन बजेट व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण