४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, क्रिस जोर्डनले रिप्लेस गर्ने

२६ बैशाख २०८०, मंगलवार ०६:४८

वैशाख २६, काठमाडौं | मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ ।

सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रदर्शन गर्न सकेको छैन । त्यसमा पनि स्टार बलर जसप्रित बुमराह सिजन सुरु हुनुअघि नै चोटका कारण बाहिरिसकेका थिए । त्यसमा अर्का स्टार बलर जोफ्रा आर्चरले पनि थपिएका छन् ।

अहिले आर्चर मुम्बईको टिमम नियमित स्थान बनाउन समेत सकेका थिएनन् । आर्चरले घर फर्केर आफ्नो फिटनेस र रिह्याबिलिटेसनमा केन्द्रित हुने मुम्बईले जनाएको छ ।

आर्चरले यस सिजन ५ खेल खेल्दा जम्मा २ विकेट मात्र लिएका थिए । मुम्बईले आर्चरको स्थानमा इंगल्याण्डकै अर्का फास्टर बलर क्रिस जोर्डनलाई भित्र्याएको छ । जोर्डन केही समयअघि नै मुम्बईको टिममा समावेश थिए ।

तर टिममा विदेशी खेलाडीको कोटामा ८ खेलाडी नै रहेकोले जोर्डनले खेल्न पाएका थिएनन् । जोर्डन यस आईपीएलको अक्सनमा अनसोल्ड थिए । तर अब मुम्बईले उनलाई बेस प्राइज २ करोड भारुमा अनुबन्ध गरेको छ ।

मंगलबार मुम्बईले रोएल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ र त्यसमा जोर्डनले खेल्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ