१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसको घोषणापत्र लेखिदिएको स्वर्णिमको भनाईमा राजेन्द्र बजगाईँको आपत्ति

२६ बैशाख २०८०, मंगलवार ०६:५५

वैशाख २६, काठमाडौं | सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद डा. स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र आफूले बनाइदिएको भनेपछि मंगलबारको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् ।

बजगाईँले भने, ‘हामीले घोषणापत्र बनाउन वाग्लेलाई सहयोग माग्यौं । तर, उहाँले मैलै बनाइदिएको घोषणापत्र प्रतिविम्बित गर्नुपर्छ भन्नुभयो यो छुच्याइँ हो । तपाईँ पनि यो सदनमा प्रवेश गर्नुभयो मर्यादा ख्याल गर्नुहोला ।’

बजगाईँले स्वर्णिमले दिएको रचनात्मक सुझावको सम्मान गर्ने पनि बताए । साथै अर्थमन्त्री डा. प्रकाशशरण महत झूटो नबोल्ने भएकाले उहाँले खरो रूपमा उत्रेर काम गरिरहेको भन्दै बचाउ गरे ।

सोमबार डा. वाग्लेले अर्थमन्त्रीलाई लक्षित गर्दै ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नु भएको नै होला । थोर बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ आर्थिक सुधारका कुराहरू गरिएका छन् भनेका थिए ।’

साथै वाग्लेले आफ्नै घोषणा पत्र पढेर त्यसलाई कार्यान्वयनमा उतार्न अर्थमन्त्रीलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण