१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड, ओली र देउवाबीच के-के भयो छलफल?

२६ बैशाख २०८०, मंगलवार ०७:२०

वैशाख २६, काठमाडौं | प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसद्मा विचाराधीन विधेयक, प्रधानन्यायाधीश नियुक्तिमा अपनाइने विधि लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

‘भुटानी शरणार्थी प्रकरणबारे कुनै छलफल भएन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीसँग भने,‘हिजो संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको छ । यस अवस्थामा कतिपय संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा विचाराधीन छ, टीआरसी विधेयक पनि विचाराधीन छ त्यसबारेमा छलफल भएको हो ।’

आचार्यले तीन नेताबीच त्यसबाहेक सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको जानकारी दिए । उनले भुटानी शरणार्थीबारे कानुन अनुसार सरकार अघि बढ्ने भन्दै कसैले हस्तक्षेप गर्ने विषय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण