Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड, ओली र देउवाबीच के-के भयो छलफल?

२०८०, २६ बैशाख मंगलवार ०७:२०

वैशाख २६, काठमाडौं | प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसद्मा विचाराधीन विधेयक, प्रधानन्यायाधीश नियुक्तिमा अपनाइने विधि लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

‘भुटानी शरणार्थी प्रकरणबारे कुनै छलफल भएन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीसँग भने,‘हिजो संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको छ । यस अवस्थामा कतिपय संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा विचाराधीन छ, टीआरसी विधेयक पनि विचाराधीन छ त्यसबारेमा छलफल भएको हो ।’

आचार्यले तीन नेताबीच त्यसबाहेक सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको जानकारी दिए । उनले भुटानी शरणार्थीबारे कानुन अनुसार सरकार अघि बढ्ने भन्दै कसैले हस्तक्षेप गर्ने विषय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ