एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपम"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: मन्त्री बस्नेत

२६ बैशाख २०८०, मंगलवार ०८:०६

वैशाख २६, काठमाडौं | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

“मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो ।

कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले  यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउनुभयो ।

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भएकाले ब्याजदर घटाउन सरकार लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भूकम्प र कोरोनाका कारण लामो समय नेपालका उत्तरी नाका बन्द हुँदा व्यापार व्यवसायमा समस्या भएकाले तत्काल नाका सञ्चालन गनुपर्नेमा पनि जोड दिनुभयो ।

एकता व्यापार सङ्घका अध्यक्ष माधव खरेलले भन्सार क्षेत्रमा भइरहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयोे । उहाँले व्यापार व्यवसायको सिलसिलामा घरबेटीले अत्यधिक घरभाडा लिने गरेकाले सरकारले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिको प्राविधिक सहयोगमा उक्त  शिविर आयोजना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण