१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

२६ बैशाख २०८०, मंगलवार ०८:११

वैशाख २६, काठमाडौं | सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उहाँको भनाइ थियो । “सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।”

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिनुभयो ।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।   

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई  समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिनुभयो ।

सांसद राजेन्द्र बजगार्इंले मुलुकमा आर्थिक विकास गर्न सकिने क्षेत्रहरु अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने र रैथाने बालीलाई पनि प्राथमिकता दिएर बजारीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ त्यो बारेमा अध्ययन गनुपर्ने भनाइ छ ।

सांसद वासुदेव घिमिरेले उत्पादन वृद्धि गर्ने र ऋण कम गर्ने खालका कामहरु गर्नुपर्ने र समग्रमा मुलुकको आर्थिक उत्पादन वृद्धि गर्ने खालका काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद प्रभु साहले पढेलेखेका, युवा सबै विदेश जान चाहिरहेका हुँदा मुट्ठीभरका मानिस खुसी र धेरै नेपालीहरु दुःखी भएको अवस्था सुनाउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचार रोकिनुपर्ने र कलकारखानाहरुको विकास र विस्तार गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सम्झना थपलियाले सरकारले दिएको सहुलियत किसानको ऋणमा गैरकिसानले लिएर चलाउने गरेको र वास्तविक किसान मिटरब्याजीको फन्दामा पर्ने गरेको सुनाउनुभयो ।   

सांसद हर्कमाया विश्वकर्माले राज्यले मुलुकको आर्थिक वृद्धि, सुशासन र समृद्धि गर्ने खालको बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गर्नुभएको कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ । राष्ट्रिसभामा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भएकाले आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण