Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकाकुमार भन्छन् : सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन!

२०८०, २६ बैशाख मंगलवार ०९:०४

वैशाख २६, काठमाडौं | पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको दाबी गरेका छन् । उनले सत्य कसैले पनि लुकाएर नलुक्ने दाबी गरेका छन् । आज फेशबुक पेजमार्फत श्रेष्ठले भनेका छ्न–‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला।’

उनले लेखेका छन्-

सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा नमस्कार!!!

बोलेर जित्ने भनेको बादबिवाद प्रतियोगितामा हो। विषम परिस्थितीमा गाह्रो अवस्थामा संयमता ,धैर्यता र विवेक प्रयोग गर्नु पर्छ। खाएको बिष लाग्छ, जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने तर समय र परिस्थिती संगै सबै कुरा छर्लंङग दुधको दुध पानिको पानि छुट्टी हाल्छ। सुर्यले म पूर्वबाट उदाउछु भनिरहनु पर्छ र? आगोले मैले पोल्छु भनिरहनु पर्छ र? सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन। असत्यले केही समय भ्रम छरे पनी बिस्तारै सत्यले त्यो भ्रम तोड्दै आफ्नो वास्तविकता स्थापित गरेर छाड्छ।

म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला। म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देस हो। जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन। जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस।

अन्तमा प्रत्यक्ष अप्रत्यक्ष मलाई यो कठिन परिस्थितीमा साथ सहयोग गर्ने तपाई सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक नमन, धन्यवाद

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ