१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जब पूर्वगृहमन्त्री खाँणले ‘जबरजस्ती गर्ने ?’ भन्दै प्रहरीको प्रतिवाद गरे..

२७ बैशाख २०८०, बुधबार ०८:१०

वैशाख २७, काठमाडौँ | चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो । नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा प्रहरीले अपजस खेप्नु परिरहेको छ ।

यस्तोमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले गोप्य अपरेशन चलाएको थियो । सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थिए । टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो ।

तर, खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि खबर गर्यो । त्यसक्रममा बयानका लागि जानुपर्ने भएको भन्दै उनले पनि बताएपछि खाँण ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे । तर, निकै बेर खोलेनन् । उनले ‘जे–जे सोध्नुपर्ने छ, यहीँ सोध्नु’ भन्दै जवाफ फर्काए । खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार त्यसक्रममा उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । 

 खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका प्रहरी अधिकृतले बताए । उनले भने,  ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’  

उनकै गाडीमा टेकुसम्म जान अनुरोध गर्यो । त्यसपछि प्रहरी टोलीले पूर्वगृहमन्त्री खाँणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।

टेकुमा अहिले उनीसँग प्रारम्भिक सोधपुछ भइरहेको छ । खाँणविरुद्ध थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ । म्याद लिएपछि उनीविरुद्ध विस्तृत अनुसन्धान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ । यो प्रकरणमा थप १०/११ जना पक्राउ पर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण