वैशाख २७, काठमाडौँ | नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको स्रोतले बतायो ।
पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।