2026-09-21 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिका सिधै विश्वकपमा, आयरल्यान्डले नेपालसँगै छनोट खेल्ने

वैशाख २७, काठमाडौँ | आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो ।  

बंगलादेश र आयरल्यान्डबीचको उक्त खेल वर्षाका कारण रद्द भएपछि दक्षिण अफ्रिका सिधै विश्वकपमा छनोट भयो । आयरल्यान्डले भने विश्वकपमा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नुपर्ने भएको हो ।

उक्त खेल वर्षाका कारण रद्द नभएको भए आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ भित्र रहेर सिधै विश्वकप खेल्ने सम्भावना थियो । त्यो अवसर दक्षिण अफ्रिकाले प्राप्त ग¥यो । दक्षिण अफ्रिका सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा सिधै प्रवेश पाउने अन्तिम टोली बन्यो ।

हालसम्म भारत, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपका लागि छनोट भइसकेका छन् ।

एकदिवसीय विश्वकपमा छनोट हुनका लागि अब जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउने छन् । विश्वकप छनोट प्रतियोगिता आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुनेछ ।

विश्वकप छनोटमा अब नेपालसँगै जिम्बाबे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमन, श्रीलंका, अमेरिका, यूएई, वेस्टइन्डिज र आयरल्यान्डबीच भिडन्त हुनेछ । लिग ‘टू’ बाट नेपाल, स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

आगामी एकदिवसीय विश्वकपमा कुल १० राष्ट्रको सहभागिता रहने छ । आठ राष्ट्रको टुंगो लागिसकेको छ भने २ राष्ट्र जिम्बाबेमा आयोजना हुने छनोट प्रतियोगिताबाट चयन हुनेछन् । एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल