2026-09-21 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाली टिमले दक्षिण अफ्रिकामा तयारी गर्ने

वैशाख २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो ।

नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका जाने र १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि चन्दले बताए ।

जुन १८ देखि जुलाई ९ (असार ३ देखि २४ गते) सम्म हुने विश्वकप छनोटमा नेपालहसति १० टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल पुग्ने शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागिसकेको छ जहाँ चार टेष्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्र छन् ।

नेपालले कम्तीमा पनि दुई टेष्ट टिमसँग खेल्ने अवसर पाउनेछ । सुपर लिगको अन्तिम पाँचमा रहेका वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स, लिग टु को शीर्ष तीनमा रहेका स्कटल्याण्ड, ओमान र नेपाल तथा प्लेअफ क्वालिफायरको शीर्ष दुईमा रहेका अमेरिका र युएईले विश्वकप छनोट खेल्नेछन् ।

१० टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल