२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोलकाताविरुद्ध राजस्थान ९ विकेटले विजयी, जयसवालको विष्फोटक ब्याटिङ

२०८०, २९ बैशाख शुक्रबार ०३:१८

वैशाख २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गर्दै ४७ बलमा ९८ बनाए ।


पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।

जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा नटआउट ४८ रन बनाए ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ४२ बलमा ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले ।

राजस्थानका लागि बलर युजवेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए |

१२ खेल खेलेको राजस्थान १२ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता भने १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ