वैशाख २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ ।
उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।
अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ ।