१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी ठगी प्रकरणमा हिरासतमा रहेका आङटावा घाइते, टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइयो

२ जेष्ठ २०८०, मंगलवार ०५:४७

जेठ २, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको छ।

काठमाडौं प्रहरीका अनुसार उनी डिस्चार्ज पनि भइसकेका छन्। काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे अस्पताल लगिएको बताए।

टाउकोमा चोट लागेकाले उनलाई तत्कालै वीर अस्पताल पुर्‍याइएको उनले जानकारी दिए। ‘तर उहाँ डिस्चार्ज भइसक्नु भएको छ’, एसपी रिजालले भने । प्रहरीले आङटावा बाथरुममा लडेका कारण घाइते भएको दाबी गरेको छ।

‘बाथरुम जाँदा चिप्लिनु भएछ’, उनले भने।

उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न आङटावाले दबाब दिएको आरोप लागेको थियो। रामेछापका उनी नेपाली कांग्रेसका पूर्व सभासद् हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो