2026-07-27 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिप ड्र : समूह कठिन, प्रशिक्षकको उत्साह बेग्लै

जेठ ४, काठमाडौँ | अबको साफ च्याम्पियनसिप फुटबल २०२३ विशेष हुनेछ । यो फरक हुनेछ, विशेष पनि । किनभने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि यस क्षेत्रबाहिरका दुई टिमले खेल्दै छन् । यी आमन्त्रित टिम हुन् कुवेत र लेवनान ।

भारतको बैंग्लोरमा हुने साफ च्याम्पियनसिपको बुधबार नै ‘ड्र’ निकाल्ने काम भयो । नेपाल त्यो समूहमा परेको छ, जसमा विश्वकप खेलेको इतिहास बोकेको कुवेत छ भने डिफेन्डिङ च्याम्पियन भारत पनि त्यहीं छ । पाकिस्तान पनि छ । यो समूह ‘ए’ भयो ।

अर्को समूह ‘बी’ मा लेवनानसँगै बंगलादेश, भुटान र माल्दिभ्स छन् । तय छ यसपल्टको प्रतियोगिता यसअघिका संस्करणको तुलनामा माथिल्लो स्तरको हुनेछ । सेमिफाइनल पुग्ने समीकरण अलग हुनेछ । नेपाल माल्दिभ्समा भएको पछिल्लो संस्करणको उप–विजेता पनि हो । नेपालले दुई वर्षअगाडिको प्रतियोगितामा पहिलोपल्ट फाइनल यात्रा तय गरेको थियो । अबको प्रतियोगितामा नेपालको सम्भावना कस्तो हुने छ त ?

‘ड्र’ निस्केपछि यो प्रश्न अझ बढी सान्दर्भिक बनेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो भने उत्साही छन् । संचारकर्मीसँगको कुराकानीमा उनले भने, ‘पक्कै पनि समूह कठिन छ, हाम्रा लागि यो सजिलो हुने छैन । तर, म खुसी छु । निकै उत्साहित छु । हामीले आफूभन्दा माथिका टिमसँग खेल्नेछौं र यसक्रममा धेरै सिक्न पाउँछौं । त्यसैले पनि म अबको साफ च्याम्पियनसिपलाई निकै सकारात्मक छ् ु।’

मुख्य प्रशिक्षक भएयता उनको नेतृत्वमा नेपालले पहिलो ठूलो र आधिकारिक प्रतियोगिता खेल्दै छ । प्रतियोगिता असार ६ देखि १८ सम्म हुनेछ । नेपालको पहिलो खेल कुवेतविरुद्ध नै छ । यो नै प्रतियोगिताको उद्घाटन खेल हुनेछ । नेपालले असार ९ मा भारतको सामना गर्नेछ । त्यसपछि असार १२ मा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक अल्बर्टो सबै प्रतिद्वन्द्वीप्रति सम्मान गर्छन् ।

उनी भन्छन्, ‘कुवेत निकै बलियो प्रतिद्वन्द्वी हुनेछ । टिमका प्रशिक्षक रुई बेन्टो निकै नाम चलेका पूर्वखेलाडी र निकै सम्मानित प्रशिक्षक हुन् । भारतविरुद्ध खेल्दा हामीले त्यहाँका घरेलु समर्थकको पनि सामना गर्नुपर्नेछ । पाकिस्तान भर्खरै अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ, तर उसका केही खेलाडी निकै राम्रा छन् । हामीले प्रत्येक खेललाई उत्तिकै महत्त्व दिन्छौं ।’

मूल प्रश्न नेपाल के सेमिफाइनल पुग्न सक्षम हुनेछ त ? यसमा अल्बर्टोको आफ्नै तर्क छ । ‘फुटबलमा सबै प्रकारका सम्भावना खुला हुन्छ । मैदानमा उत्रिँदा को कस्तो भनेर धेरै अर्थ नराख्न सक्छ । म फेरि ठूला नाम हुँदैमा त्यो टिमले राम्रो खेल्ने छ भन्ने विश्वास राख्ने पनि गर्दिनँ । त्यस अर्थमा नेपालको सम्भावना उत्तिकै छ,’ प्रशिक्षक अल्बर्टोले थपे ।

नेपालले साफ च्याम्पियनसिप खेल्नु अगाडि एउटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल भने खेल्नेछ । जेठ १५ मा हुने यस खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ । त्यस खेलपछि मात्र साफमा खेल्ने टिमले निश्चित आकार लिनेछ ।

‘लिगका कारण अहिले हामीले राम्रो तयारी गर्न पाइरहेका छैनौं,’ प्रशिक्षक मान्छन्, ‘हामीसँग समय कम हुनेछ ।’ यति ठूलो प्रतियोगिताअगाडि लिगको उत्तिकै व्यस्तता किन भन्ने पनि प्रश्न छँदै छ । आखिरमा लिगको मुख्य उद्देश्य भनेको राष्ट्रिय टिमलाई बलियो बनाउनु नै हो । तर, यसपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिगले यस्तो काम गरिरहेको छैन । सम्भवतः उनले बैंग्लोरका लागि उड्नु अगाडि मात्र नेपालको अन्तिम टिम घोषणा गर्नेछन् ।

प्रतियोगितालाई लिएर प्रशिक्षक अल्बर्टोले तीन रणनीतिक प्रशिक्षणसत्र भने सञ्चालन गरिसकेका छन् । ‘मुख्य कुरा टिमको प्रदर्शन हो र हामी उच्च प्रदर्शन गर्न तयार छौं र त्यसै अनुसार तयारी गर्नेछौं,’ उनले सुनाए । यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी जस्तो उनी सामाजिक सञ्जालमा सक्रिय छैनन् । न त धेरै घुलमिल गर्ने खालका नै छन् । उनको व्यक्तित्व नै फरक छ । तर, उनले पनि एउटा विशेष अनुरोध गर्न भने बिर्सेनन् ।

उनले भने, ‘नेपाली राष्ट्रिय टिमले साफ च्याम्पियनसिप खेल्दै छ र यस्तो बेला हामीलाई सबैको समर्थन चाहिन्छ । अहिले धेरैले फुटबल संघको आलोचना गरिरहेका छन् । तर, फुटबलका विकासका लागि संघमात्र होइन मिडिया र समर्थकको पनि उत्तिकै योगदान हुन्छ । अबको साफ च्याम्पियनसिप नेपालका लागि मेरो पहिलो ठूलो प्रतियोगितामात्र हुने छैन, हाम्रा धेरै खेलाडीका लागि यो पहिलो ठूलो अवसर हुनेछ । त्यसैले उनीहरूप्रति सकारात्मक समर्थन र सहयोगका लागि मिडियाबाट अपेक्षा गर्छु । नेपाली फुटबल समर्थकबाट पनि यस्तै अपेक्षा रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली