१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकै विद्यालयका २४ शिक्षकलाई कारबाही

७ जेष्ठ २०८०, आईतवार ११:५८

जेठ ७, काठमाडौँ | वीरगन्जका सामुदायिक विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा एकैदिन २४ जना शिक्षक कारबाहीमा परेका छन्। 

वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय सहितका तीन वटा विद्यालयमा आइतबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गर्दा  उक्त विद्यालयका २४ जना शिक्षक कारबाहीमा परेका हुन्। 

अनुगमनका क्रममा उक्त विद्यालयका प्रधानाध्यापकसहित २४ जना शिक्षक विद्यालय समयमा अनुपस्थित देखिएकाले उनीहरूलाई कारबाही स्वरूप महानरपालिकाको शिक्षा महाशाखाले स्पष्टीकरण सोधेको छ।  

अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए।  

विद्यालयमा केही शिक्षक भौतिक रुपमा भेटिएको भएपनि उनीहरूले हाजिरी गरेको नपाइएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको उनले प्रष्ट पारे। 

अनुगमन टोलीमा मेयर सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख कर्ण पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो