2026-09-21 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराटको शतकमा गिलको शतक भारी, गुजरातको जितले मुम्बई प्लेअफमा

जेठ ८, काठमाडौँ | शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पुरा गरेको हो ।

बेंगलोर (RCB) को सपना फेरि टुटेको छ | प्लेअफ पुग्न बेंगलोरलाई यो खेल जित्नैपर्ने थियो । तर १९७ रन बनाउँदा पनि पराजित भएपछि बेंगलोर शीर्ष चारमा पुग्न सकेन र लिगबाट बाहिरियो । गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । 

आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो ।

गुजरातका लागि ओपनर गिलले ५२ बल खेल्दै ५ चौका र ८ छक्का मदतमा अविजित १०४ रन बनाए । यस सिजन यो उनको दोस्रो शतक हो । गिलले विजय शंकरसँग १२३ रनको साझेदारी गरेका थिए | विजय शंकरले ३५ बलमा ५३ रन बनाएका थिए | बैंग्लोरका लागि बलर मोहम्मद सिराजले २ विकेट लिए । 

यसअघि, घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले कोहलीको अविजित शतक मदतमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । कोहलीले ६१ बल खेल्दै १३ चौका र एक छक्का मदतमा अविजित १०१ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको बनाएका थिए। गुजरातका लागि बलर नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र रासिद खानले समान एक विकेट लिए ।

 त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् । अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा गुजरात र  दोस्रो स्थानको चेन्नाइ सुपर किंग्स भिड्ने छन् भने  तेस्रो भएको लखनउ सुपर जायन्ट्स  र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल