१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदहरूको विद्युतीय हाजिरी सुरू

८ जेष्ठ २०८०, सोमबार ०७:२१

जेठ ८, काठमाडौँ | संसद भवनमा आजदेखि विद्युतीय हाजिरी सुरू गरिएको छ । संघीय संसद सचिवालयले सोमबार बिहानदेखि बैठकमा सहभागी हुने सांसदहरूलाई डिजिटल हाजिरी गराउन सुरू गरेको हो ।

गत फागुन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका थिए । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका थिए । जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गर्न र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाउनका लागि त्यो व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।

वैशाख २४ को प्रतिनिधिसभा कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सांसदहरूको ई-हाजिरी सुरू गर्नेबारे छलफल भएको थियो । उक्त दिन ई-हाजिरी सुरू गर्ने र सभाका सदस्यको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।

सदनको महत्वपूर्ण छलफलमा समेत सांसदको नगण्य उपस्थिति हुनु थालेपछि विद्युतीय हाजिरीको कुरा उठेको थियो ।

बैठकमा सभामुखले देवराज घिमिरेले संसदमा सांसदको उपस्थिति कमजोर भएको, सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ भएको, दल तथा सांसदलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण पनि गराएका थिए ।

संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न निर्देशन पनि दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी