१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा एमाले र माओवादीबीच चर्काचर्की

८ जेष्ठ २०८०, सोमबार ०८:३६

जेठ ८, काठमाडौँ | प्रतिनिधि सभामा आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए। 

आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकोमा सोमबार पनि त्यसले निरन्तरता पाएको छ। सोमबारको बैठकमा छलफलमा सहभागी एमाले सांसद योगेश भट्टराई र माओवादी सांसद देवेन्द्र भट्टराईबीच ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा सवाल जवाफ भएको छ। 


एमाले सांसद योगेश भट्टराईले असहमती दर्ज गर्दै उक्त शब्द प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट उचारण गर्न लगाएको आरोप लगाए।  सांसद भट्टराई संविधान जारी भएपछि उक्त शब्द प्रयोग नभएको स्मरण गर्दै असहमती जाहेर गरे। 

‘यो २०७२ को संविधान पछि नेपालका कुनै पनि सरकारी दस्तावेजमा जनुयुद्ध भन्ने शब्द प्रयोग भएको छैन,’ सांसद भट्टराईले भने,‘पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रपतिबाट उचारण गर्नु लाउनु भएको छ।’

योगेशपछि छलफलमा सहभागी भएका माओवादी केन्द्रका देवेन्द्र भट्टराईले आन्दोलनको महत्वबारे स्मरण गराए। उनले योगेशलाई उक्त शब्दको अर्थ शब्दकोष पल्टाएर हेर्न अनुरोध गरे। 

‘माननीय ज्यूलाई एक पटक शब्दकोष पल्टाएर  हेर्न अनुरोध गर्छु। यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए? कि रुखहरु, ढुङ्गाहरु  लडेका थिए? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरुले लडेको युद्ध थियो,’ सांसद पौडेलले भने। 

उनले माओवदीले जनतालाई सार्वभौम बनाउन युद्ध लडेको दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी