१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता उल्लेख भएकोमा राउतको असन्तुष्टि

९ जेष्ठ २०८०, मंगलवार ०९:११

जेठ ९, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले सरकारले  नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्  । उनले नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाए । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका हुन् ।

उनले भने, ‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तिन पटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन । म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ । संघीयताको उच्चारण तीन पटक गर्दा पनि एकपटक प्रस्तावनामा गरिएको छ, एकचोटी उपसंहारमा गरिएको छ र एकचोटी मात्रै बडीमा गरिएको छ ।'

'बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ,' सांसद राउतले  भने, 'त्यो बाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयता बारेमा ल्याएको छैन । यसप्रति सरकार र नीति, निर्माताहरू गम्भीर हुनु जरुरी छ । संघीयताका विभिन्न मुद्दाहरू प्रदेश प्रहरी, कर्मचारी समायोजनका विषयलाई ठोस रूपमा सम्बोधन गर्ने पहल हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी