2026-09-21 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एक खेल अगावै सेमिफाइनलमा नेपाल

जेठ ९, काठमाडौँ | बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-८ र २५-९ ले हराउँदै लगातार दुई जित निकाल्यो ।

नेपालले बंगलादेशलाई हराएसँगै भारतपनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशविरूद्ध नेपालका ४ खेलाडीले डेब्यू गरे । मिडिल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, लिबेरो शान्तिकला तामाङ र स्पाइकर पुजा थारूले डेब्यू अवसर पाए ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा भारतसँग हारेको बंगलादेशको लगातार यो दोस्रो हार हो ।

बंगलादेशले भोली कीर्गिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । भने, नेपालले आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्नेछ । भोलीको खेलमा भारतलाई हराए नेपाल समूह विजेता बन्नेछ ।

आज हुने अन्तिम खेलमा समूह बी का उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् । माल्दिभ्सलाई हराए उज्बेकिस्तान र काजाकिस्तान समूह बी बाट एक खेल अगावै सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल