१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरणमा बहस गर्न कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी

११ जेष्ठ २०८०, बिहीबार ०८:५८

जेठ ११, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान शुक्रबारदेखि अदालतमा सुरू हुँदैछ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्ह अभियोग पत्र दर्ता गरेको थियो ।

बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण प्रतिवादीको बयान भोलिदेखि लिन लागिएको हो । सबै १६ जना प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । बयानकै लागि कम्तीमा ३/४ दिन लाग्ने अनुमान गरिएको छ । यो मुद्दामा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी गरिरहेको छ ।

‘ठुलो मुद्दा भएका कारण ५ देखि ८ जना सरकारी वकिल बहसमा सहभागी गराउने हाम्रो तयारी छ’, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘पीडितले निजी कानून व्यवसायीलाई पनि बहसमा उतार्ने सुनिरहेको छु । त्यसैले वादी पक्षबाट बहस गर्ने कानून व्यवसायीको संख्या अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा सचिव, सांसद, पूर्व गृहमन्त्रीजस्ता ‘हाइ प्रोफायल’ प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरैजना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो । अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग