४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL:मुम्बईलाई ६२ रनले हराउदै गुजरात फाइनलमा प्रवेश

१३ जेष्ठ २०८०, शनिबार ०३:१७

जेठ १३, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउदै फाइनलमा प्रवेश गरेको हो |

गुजरातको जितका नायक शुभमन गिलले ६० बलमा १२९ रन बनाए। गिलले सिजनको तेस्रो शतक प्रहार गरे ।  

साई सुदर्शनसँग दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरेका गिलले ७ चौका र १० छक्का प्रहार गरे । सुदर्शनलले ४३ रन बनाए । गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ।

अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो ।


२३४ रनको रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मुम्बई १८.२ ओभरमै सबै विकेट गुमाएको थियो । उसले १७१ रन मात्र बनाउन सक्यो ।

मुम्बईलाई सस्तोमै समेट्न फास्ट बलर मोहित शर्माले प्रमुख भूमिका निभाए । उनले १० रन दिएर ५ विकेट लिए ।

गुजरातको टोलीले अब मे २८ (आइतबार )मा त्यही मैदानमा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ