१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई पछ्याउदै विवेकशील साझा पार्टी !

१५ जेष्ठ २०८०, सोमबार ०७:०१

जेठ १५, काठमाडौँ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिभिन्न ३६ बिभाग गठन गरेको एक महिना नपुग्दै नयाँ दलकै रुपमा परिचित रहेको विवेकशील साझा पार्टीले पनि विभिन्न विभागहरु गठन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार केन्द्रीय समिति बैठकमार्फत विवेकशील साझा पार्टीले ११ वटा विभाग र त्यसका प्रमुखहरु चयन गरेको हो । 


विवेकशील साझाको पार्टी बैठकले संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नयाँ दलकै रुपमा स्थापित भएको विवेकशील साझा पार्टी पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै छायामा अपर्दै आएको छ । यस अघिका संघिय तथा स्थानिय निर्वाचनमा समेत होमिएको विवेकशील साझाले खासै उपलब्धि भने हाँशिल गर्न सकेन । नयाँ दलको उदयसंगै राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ जिल्लामा आफ्नो संगठन विस्तार गरिसक्दा विवेकशील साझा भने रास्वपालाई पछ्याउदै अगाडी बढ्न खोज्दैछ । संगठन विस्तारपछि बिभिन्न जिम्मेवारी पाएको विषय सार्वजनिक भएपछि केहिले राष्ट्रिय स्वतन्त्र पार्टीमै मिसिएर अघि बढ्न सुझाव दिएका छन् भने कहिले अझै छ र यो पार्टी भन्दै टिप्पणी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ