१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशमलाई आममाफीपछि गगन थापा भन्छन्- यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन

१५ जेष्ठ २०८०, सोमबार ०७:५१

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए।

नेपालको कानुनले अदालतको निर्णय गरेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर व्यवस्था गरेको उनको भनाइ छ।

उनले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ भएको छैन। हतार हतार निर्णय गछौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

उनले कांग्रेस विधिको शासन अनुसार चल्ने पार्टीको रुपम कायम हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ