२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले-माओवादीको लहलहैमा देउवा लागे, पार्टीको उपचारमा लाग्दा महामन्त्री पद गए जाओस्: गगन थापा

२०८०, १५ जेष्ठ सोमबार ०८:००

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे ।


उनले भने, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भन्दै उनले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गरे ।

उनले भने, ‘एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसका नेताले संसदभन्दा बाहिर बसेर संसदमा त्यो नेताले बोलेको कुरा हटाइदिने भन्यो भने अब मैले सांसदको रुपमा बोल्ने कि नबोल्ने ? मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए ।’

उनले अब पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

महामन्त्री थापाले भने, ‘नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्छ । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ । मेरो महामन्त्री पद गए पनि जाओस्, म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह