१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ?

१६ जेष्ठ २०८०, मंगलवार १२:३०

जेठ १६, काठमाडौँ | भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको राजनीतिक वृत्त तरङ्गित छ । सार्वजनिक नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्या समाधान गर्न दबाब भइरहेको बेलामा अर्को मुद्दा थपिएको हो । प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् ।

सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने सदनबाटै संकल्प गरेका प्रचण्डलाई यो नयाँ नक्साको विषयमा पनि प्रस्ट पार्न दबाब बढेको छ ।

यो विषय प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्छ कि बन्दैन भन्ने विषयमा हामीले प्रधानमन्त्रीको भ्रमण दलका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई सोध्यौं ।

तर, उनले यसबारेमा ठोस जवाफ दिएनन् । उनले भने, ‘यसको बारेमा हामीले सुनिरहेका छौं । बुझ्दैछौं ।’

सरकारले यसको बारेमा कूटनीतिक नोट पठाउँछ त भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘मैले भनिसकें, हामी बुझ्दैछौं । त्यसबारेमा अहिले यति नै भनौं ।’

त्यसो त आजैमात्र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा र सीमाको विषयलाई प्रधानमन्त्रीले टुंग्याउनुपर्ने बताए ।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अखण्ड भारत’ को नयाँ नक्साको गल्ती सच्याऊ भन्न नसक्ने भए किन भ्रमणमा जाने भन्दै प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यो नक्साको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे ।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतको नक्साको बारेमा प्रश्न उठाइसकेका छन् । भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाइ छ ।

त्यसो त अन्य राजनीतिक दलले मात्रै नभएर प्रधानमन्त्रीलाई माओवादी पार्टीकै नेताहरुले नै सो विषयलाई भ्रमणको क्रममा राख्न सुझाव दिइसकेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमादेखि पछिल्लो नक्साको बारेमा प्रस्ट कुरा राख्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट