2026-07-27 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

जेठ १७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दीपले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् । 

दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ । जिम्बावेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने प्रतियोगितामा समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । नेपाली टोलीले जुन १८ तारिखमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल जुन २० मा अमेरिकासँग, तेस्रो खेल जुन २२ मा वेस्ट इन्डिजसँग र चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

विश्वकप छनोटको समूह ’बी’ मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । दुबै समूहको शीर्ष तीन टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोली आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतमा आयोजना हुँदैछ । आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान भने विश्वकपका लागि छनोट भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली