2026-09-21 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको दाबी

जेठ १७, काठमाडौँ | एसिया कप-२०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय  भए पनि भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दा अनिश्चित भएको छ । पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानिरहेका बेला श्रीलंकाले एसिया कप आयोजनाका लागि प्रस्ताव गरेको हो ।

सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ ।

‘श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ । अब यसको निर्णय एसीसीले गर्नेछ,’ सोमबार श्रीलंका क्रिकेटका अफिसियललाई उद्धृत गर्दै क्रिकबजले लेखेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए । तर, आयोजना स्थल भने तोकिएको छैन । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो । तर, भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ ।

क्रिकबजका अनुसार बीसीसीआई स्रोतले अब कि एसिया कप कोलम्बोमा हुने कि नहुने अवस्था रहेको छ । श्रीलंका क्रिकेट बोर्डले पनि बीसीसीआईलाई साथ दिएको छ र बीसीसीआईको अनुसार नै अगाडि बढ्ने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ । एसीसीको आधिकारिक बैठक अर्को साता हुने सम्भावना छ । जसले एसिया कपको बारेमा अन्तिम निर्णय गर्ने अपेक्षा छ ।

आईपीएलको फाइनल अवसरमा भएको अनौपचारिक छलफलमा नेपालबाट नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतर बहादुर चन्द सहभागी थिए । ‘अनौपचारिक छलफल भएको हो । तर अन्य केही निर्णय भएको छैन ।’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु हुने भारत भ्रमणमा पनि क्यान अध्यक्ष चन्द समावेश हुने पाठकले जानकारी दिए र त्यस अवसरमा दुई देशबीचको क्रिकेटको विषयमा पनि कुरा हुने अपेक्षा रहेको पाठकले बताए ।

एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल पनि एकै समूहमा छ । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको हो । दुई ठूला टेष्ट राष्ट्रसँग नेपालले खेल्ने अवसर पाएकोले पनि अहिले एसिया कप कहाँ हुन्छ भन्ने चासो नेपाली क्रिकेटप्रेमीलाई धेरै छ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक