2026-09-21 05:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई २७ रनले हराउँदै नेपाललाई २-१ को अग्रता

जेठ १८, काठमाडौँ | महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि कप्तान रुविना क्षेत्री बेल्वासीले सर्वाधिक २७ रन बनाइन् । पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रुविनाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । ज्योति पाण्डेले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले २४ बलको सामना गरी तीन चौका हिर्काएकी थिइन् । ओपनर सीता रानामगरले ३५ बलको सामना गरी २१ रन जोडिन् । ईन्दू बर्माले ३० बलमा २० रन बनाइन् ।

ओपनर कविता कुँवर दुई रनमा पेभेलियन फर्किइन् । बिन्दू रावलले अविजित तीन र कविता जोशीले अविजित एक रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । मलेसियाकी बलर निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक÷एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि माहिराह इजाती ईस्माइलले उत्कृष्ट ब्याटिङ गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ४४ रन बनाइन् । उनले ५४ बलको सामना गरी ६ वटा चौका प्रहार गरिन् ।

यसदेखि वाहेक ओपनर विनिफ्रेड एनले मात्र मलेसियाका लागि दोहोरो सख्यामा रन बनाउन सकिन् । उनी २० रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । उनले ३८ बलको सामना गरी एक चौका प्रहार गरेकी थिइन् । मलेसियाका अन्य खेलाडीले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । आइना नजवा अब्दुल रहमान नौ रनमा अविजित रहिन् । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले एक/एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल