Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक अर्काका पत्रकारलाई देशबाट निकाला गर्दै चीन र भारत

२०८०, १९ जेष्ठ शुक्रबार ०६:४६

जेठ १९, काठमाडौँ | बढ्दो सीमा विवादका बीच भारत र चीनको बिग्रँदो सम्बन्धको नयाँ घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार चीन र भारतको नयाँ विवाद पत्रकारहरुको भिसालाई लिएर देखा परेको हो ।

यी दुई देशहरुले हाल आ- आफ्नो देशबाट एक आर्काका पत्रकारहरुको भिसा रिन्यु नगरेपछि हाल भारतमा चीनका र चीनमा भारतका पत्रकारहरु शुन्य भएका छन् । सन् १९८० पछि दुबै देशमा एक अर्काका पत्रकार नभएको यो पहिलो पटक हो ।

रिपोर्टका अनुसार भारतले चीनको सिनहुआ र सिसीटीभीमा दुई पत्रकारहरु भिसा रिन्यु गरेको छैन् । यस दाबीलाई चीनको विदेश मन्त्रालय पनि पुष्टी गरेको छ ।

बुधबार चीनको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निगले भारतले आफ्ना पत्रकारहरुलाई भेदभाव गरेको बताउँदै चीनले पनि भारतका पत्रकारहरु विरुद्ध कडा कदम अगाडि सार्ने बाहेक अन्य विकल्प नभएको जनाएकी छिन् ।

विवादकै बीच चीनले भारतको ‘द हिन्दू ’ र प्रसार भारतीय दुई पत्रकारहरुलाई देश निकाला गरेको छ । भारत र चीनबीच साढे दुई वर्षअघि पूर्वी लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भएसँगै दुई देशको सीमा विवाद थप सतहमा आएको थियो ।

उक्त झडपमा २० भारतीय सैनिक र ३८ चिनियाँ सैनिक मारिएको बताइएको थियो । चीनले मारिएका सैनिकको विवरण लुकाउन भरपुर प्रयास गरेको आरोप भारतीय मिडियाहरुले लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ