४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी साउदी अरब आउने चर्चाले रोनाल्डो उत्साही, आगामी सिजन अन्त नजाने

१९ जेष्ठ २०८०, शुक्रबार ०८:०३

जेठ १९, काठमाडौँ | चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग विश्वका शीर्ष ५ घरेलु लिग फुटबल बन्न सक्ने बताएका छन् । लियोनल मेस्सी, करिम बेन्जेमा, लुका मोड्रिच जस्ता खेलाडीहरु साउदी अरब आउने चर्चाबीच रोनाल्डोले उनीहरुलाई स्वागत गर्न आफू तयार रहेको पनि बताएका छन् ।

‘यदि ठूला नाम र ठूला खेलाडीहरु, युवा खेलाडीहरु र पुराना खेलाडीहरु आउँदैछन् भने उनीहरुलाई स्वागत छ । यदि त्यस्तो भयो भने यहाँको लिग सुधार हुनेछ’, एसपीएलसँगको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन् ।


बार्सिलोनाको सिनियर टोलीमा १७ वर्ष रहेर सन् २०२१ मा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध मेस्सीले यो सिजनबाट निरन्तरता नदिने भएको फ्रेन्च क्लबले स्पष्ट पारिसकेको छ । मेस्सी यसअघि नै साउदी अरबका क्लबमा सम्पर्कमा रहेको चर्चा भएको थियो । उनी साउदी अरबका टुरिजम एम्बासडर हुन् ।

रोनाल्डो गत डिसेम्बरमा साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । उनको करार अवधि सन् २०२५ सम्म छ । रोनाल्डोले आगामी सिजन आफू अल नासरमै रहने स्पष्ट पनि पारेका छन् ।

‘यहाँको लिग राम्रो छ । तर, सुधार गर्नुपर्ने ठाउँहरु अझै छन् । पूर्वाधार, रेफ्री, भार सिस्टम जस्ता कुराहरुमा चाँडै सुधार हुनुपर्छ’, रोनाल्डोले भनेका छन्, ‘म यहाँ खुशी छु । म यही निरन्तरता दिन्छु। उनीहरुले गर्न चाहे जति गरे भने अबको ५ वर्षभित्र साउदी लिग विश्वको शीर्ष ५ घरेलु लिगभित्र पर्नेछ ।’

गत वर्ष विश्वकपको पूर्वसन्ध्यामा रोनाल्डो र उनी त्यतिबेला आवद्ध रहेको म्यानचेस्टर युनाइटेडबीच तनाव सृजना भएको थियो । त्यसयता आपसी समझदारीमा उनीहरु अलग भएका थिए । धेरैवटा विश्व कीर्तमान रहेका रोनाल्डोले अल नासरका लागि १६ खेलमा १४ गोल गरेका छन् । अल नासर यो सिजन अल हिलालभन्दा मात्र पछाडि रहेको थियो । अल हिलालले मेस्सीलाई भित्र्याउने चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ