Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छुटेन सरकारको वितरणमुखी कार्यक्रम मोह, साढे २ खर्बभन्दा बढी बाँड्दै अर्थमन्त्री महत

२०८०, १९ जेष्ठ शुक्रबार ०९:३१

जेठ १९, काठमाडौँ | पछिल्लो समय हरेकजसो सरकार वितरणमुखी बजेटमै केन्द्रित छ । जुन उनीहरुले ल्याएको बजेटबाट पुष्टि हुन्छ ।

अर्थतन्त्रमा स्रोतकै सकसका बीचमा यस पटक पनि सरकार वितरणमुखी बजेटबाट पछि हट्न सकेन । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटले साढे २ खर्ब बढी रकम वितरणमुखी कार्यक्रमका लागि छुट्याएका छन् । यसमा सबैभन्दा ठूलो रकम सामाजिक सुरक्षा भत्तामा खर्च हुन्छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिक परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रमकै औचित्यमाथि प्रश्न उठिरहेको छ । त्यसमाथि हरेकजसो सरकारले यी कार्यक्रम आफ्नो कार्यकर्ता पोस्ने माध्यम बनाएको भन्दै आलोचना हुँदै आएको छ । अर्थमन्त्री डा. महतले यी कार्यक्रमका लागि ठूलो रकम विनियोजन गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ छुट्याइएको छ ।

व्यापक विरोध भएको संसद विकास कोषलाई ब्युँताएर राज्यलाई अतिरिक्त ८ अर्ब २५ करोड रुपैयाँ भार थपिएको छ । अर्थमन्त्री महतले यसलाई व्यक्तिकरण गरेर नबुझिदिन आग्रह गरेका छन् । जनताकै माझ जाने पैसा भएकाले संसदको पकेटमा जाने जसरी बुझ्न नहुने उनको आशय थियो ।

स्रोतको अभाव देखाएर विगतका दुई बजेटमा नपरेको सांसदको नाममा विनियोजन हुने बजेट यो पटक पारिएको छ । अर्थविद् प्रा.डा. दिलनाथ दंगाल मन्त्रीहरुले छलाङ मार्न नक्दा आउने बजेट भनेको वितरणमुखी नै हुने बताउँछन् ।

उनी भन्छन्, ‘उत्पादनमा आधारित अनुदान भन्छ । तर, उत्पादन भएको कसरी थाहा पाउने ? यो त एउटा बाख्रा देखाएर अनुदान खानेकै समय जस्तो भयो । प्रोत्साहन गर्ने भनिएका कतिपय कार्यक्रमको खै के कति प्रोत्साहित भए भनेर रेकर्ड राखेको ?’

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

यस्ता छन् वितरणमुखी कार्यक्रम

  • सरकारी निकायमा स्वदेशी उत्पादित वस्तुहरुको उपयोग गर्न ५० करोड रुपैयाँ ।
  • स्टार्टअपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रुपैयाँ ।
  • गुणस्तरीय र धेरै उत्पादन हुने बीउ उत्पादक किसानबाट खरिद गरेमा लागतको ५० प्रतिशत रकम स्थानीय तहमार्फत अनुदान उपलब्ध गराउन ४० करोड रुपैयाँ विनियोजन ।
  • किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ ।
  • युवा स्टार्टअप अनुदान कार्यक्रम सञ्चालनका लागि १ अर्ब २० करोड ।
  • राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रमका नाममा ७ अर्ब ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड ।
  • ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नाराका साथ हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन ४७ करोड विनियोजन ।
  • उखु उत्पादन प्रवर्द्धन खर्च उपलब्ध गराउन ८० करोड रुपैयाँ ।
  • २ लाखभन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियमका लागि ९५ करोड रुपैयाँ अनुदान ।
  • राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्ब ५ करोड ।
  • विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा प्रदान गर्दै आएको अनुदानलाई ९० करोड ।
  • छात्राहरुलाई प्रदान गर्दै आएको छात्रवृत्तिका लागि ३ अर्ब २ करोड ।
  • सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई ८ अर्ब ४५ करोड ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ अर्ब ९४ करोड रुपैयाँ ।
  • विद्यालय तहका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई १ अर्ब ४२ करोड ।
  • क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड ।
  • मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड ।
  • क्यान्सर, मेरूदण्ड पक्षाघात र मृगौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका बिरामीलाई औषधोपचार खर्चबापत दिँदै आएको मासिक ५ हजार ।
  • विपन्न नागरिकलाई मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई दिन २ अर्ब ५० करोड ।
  • एक चिकित्सक र स्वास्थ्यकर्मी (एक स्वास्थ्य संस्था) कार्यक्रम सञ्चालन गर्न २४ करोड ।
  • ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड ।
  • जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न, दलित, लोपोन्मुख, सीमान्तकृत जनजाति र समुदायको लागि घर निर्माण गर्न १ अर्ब २६ करोड ।
  • दश हजार आवासीय भवनको फुस, पराल र खरको छानालाई जस्तापाता वा अन्य स्थायी सामग्रीले विस्थापन गर्न ७९ करोड ।
  • सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यक्रमलाई ११ अर्ब ५९ करोड ।
  • वैकल्पिक ऊर्जा प्रवर्द्धनमा लागि १ अर्ब ७४ करोड रुपैयाँ ।
  • संसद विकास कोषका लागि प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले ८ अर्ब २५ करोड विनियोजन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ