2026-10-16 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन सरकारलाई आग्रह गरेको छ । प्रहरीले हिरासत बसाइँ लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एक पछि अर्को जिल्लामा सभापति लामिछानेलाई पठाइएको रास्वपाको गुनासो छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार सिंहदरबारमा भेटेका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सबै मुद्दा छिटो अदालत पुर्‍याउन आग्रह गरेका हुन् ।

‘सभापति ज्युलाई कस्टडीमा राख्नुभएको छ । अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा मात्रै राख्ने ?,’ प्रमुख सचेतक परियारले प्रधानमन्त्री ओलीलाई गरेको प्रश्न उद्धृत गर्दै एक नेताले भने ।

जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए ।

प्रतिवाद गर्दै परियारले अनुसन्धान लम्ब्याउने र सभापतिविरुद्ध माहोल सिर्जना गर्ने गरी प्रमाण भन्दै मिडिया ट्रायल गर्ने कार्य प्रहरीबाट भइराखेको आफूहरुको बुझाइ रहेको सुनाएका थिए ।

‘सभापतिज्युलाई खुइल्याउन सकिने विषय मिडियामा ट्रायलका रुपमा आइराखेको छ । अर्कोतर्फ हिरासत कहिलेसम्म भन्ने पनि टुंगो भएन’ परियारले भनेका थिए ।

प्रधानमन्त्री ओलीले प्रहरी अनुसन्धान प्रभावित पर्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको बताएका थिए । त्यसपछि रास्वपाका प्रमुख सचेतक परियारले जतिसक्दो छिटो मुद्दा अदालतमा लैजाने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए ।

‘प्रमाण यी छन् भनेर प्रचार गरिरहन परेन, त्यो प्रमाण हो कि होइन अदालतले पुष्टि गर्नुपर्ला । यदि त्यसो हो भने किन हिरासत लम्ब्याइरहने, अदालत पेश गरे भइहाल्यो । हामी अदालत फेस गर्न तयार छौं’ परियारले भनेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनीविरुद्ध रुपन्देही, काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । रुपन्देही लगेर उनको बयान लिइएको छ भने काठमाडौं पनि ल्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु