2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो

असोज १२, गोरखा । मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव मङ्गलबार भेटिएको छ । 

बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीको भनाइ छ । शव खोजीका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्रका ११ र नेपाली सेनाका २६ जना खटिएका थिए । 

मनास्लु क्षेत्र घुम्न गएका स्पेनी नागरिक ६६ वर्षीय एडोल्फो मेनुअल रिपा, काठमाडौँ गोकर्णका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरीङ शेर्पाको पहिरोमा परी मृत्यु भएको थियो । अरूको शव असोज ७ गते फेला परे पनि रञ्जनाको मङ्गलबार मात्र फेला परेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल