१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?

२१ जेष्ठ २०८०, आईतवार ०७:१२

जेठ २१, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ ।

बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे ।

उनले सरकारी वकिललाई सोधे, ‘नक्कली शरणार्थी भनेर अमेरिका जान खोज्नु चाहिँ कानून विपरीत हो कि होइन ? आफूहरू पीडित भएको भनेर जाहेरी दिनेहरूलाई किन प्रतिवादी बनाइएन ?’

सरकारी वकिलले दायर गरेको मुद्दामा नक्कली शरणार्थीका नाममा अमेरिका पठाउन खोज्ने गिरोहका सदस्य र उनीहरूलाई सघाउने राजनीतिक प्रशासनिक व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

नक्कली डकुमेन्ट बनाएर अमेरिका जान खोज्नेहरूलाई मुद्दामा नतानिएको विषयमा न्यायाधीशले प्रश्न गरेका हुन् । ८ जना सरकारी वकिलहरूले मुद्दामा बहस गरिरहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनीहरूले इजलासमा पत्रकारहरूलाई राख्न नहुने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे