१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकतासम्बन्धी ओलीको अध्यादेशसँग तुलना गर्दै प्रचण्डले भने- तपाईंहरूले सात वर्ष किन नराख्या ?

२२ जेष्ठ २०८०, सोमबार ०७:२२

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले प्रमाणीकरण गरेको नागरिकता विधेयक ओली सरकारले ल्याएको अध्यादेशजस्तै भएको बताए ।

उनले भने, ‘अब यो परिस्थितिमा नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाउनु जनताले कसरी बुझ्ने ? तपाईं हामीले कसरी बुझ्ने ? हामी सबै एकैठाउँमा रहेछौं । जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्ने कुरा र आमाबाबुको कुरामा त एकै ठाउँमा छौं । अहिले किन दुई ठाउँमा हुन बल पुर्‍याएका छौं । पहिला त १५ वर्ष हुनुपर्छ भन्थ्यो । त्यसपछि ७ वर्षमा आयो । अहिले किन यस्तो भयो भन्नुभयो । तपाईंहरूले सात वर्ष किन नराख्या ? खै १५ वर्ष ?’

नेपालमा विवाह गरेर आएका महिलाको सन्दर्भमा केही व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा अहिले पनि आफूहरू रहेको उनको प्रष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट