Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साउदी अरबद्वारा तेल उत्पादनमा कटौतीको घोषणा

२०८०, २२ जेष्ठ सोमबार ११:१४

जेठ २२, काठमाडौँ | कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएका छन् । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो । अर्कोतर्फ, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् ।

ओपेक प्लस देशमा विश्वका ४० प्रतिशत कच्चा तेल उत्पादन हुन्छ र उनीहरूको निर्णयको असर कच्चा तेलको मूल्यमा पर्छ । सोमबार एसियाको बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशत बढेर ७७ डलर प्रति ब्यारलसम्म पुगेको छ ।  गत महिना बेलायतमा एक लिटर तेलको मूल्य प्रतिलिटर १२ पेन्स (करिब १९ रुपैयाँ) ले घटेको थियो ।

आइतबार तेल उत्पादक राष्ट्रको बैठक ७ घण्टासम्म चलेको थियो । यो बैठकको नेतृत्व रुसले गरेको थियो । जसमा तेलको घट्दो मूल्यबारे छलफल भएको थियो । रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका अनुसार अक्टोबर २०२२ देखि ओपेक प्लस देशहरूले तेल उत्पादनमा प्रतिदिन ३६.६ लाख ब्यारेलले कटौती गरेका छन् ।

ओपेक प्लसमा तेल उत्पादक देशहरू र तिनका सहयोगी देश सामेल छन् । यो सङ्गठन पहिले नै प्रति दिन २० लाख ब्यारेल कटौती गर्न सहमत भइसकेको छ, जुन कुल विश्वव्यापी मागको करिब २ प्रतिशत हो ।नोभाकले भने, ‘यो छलफलपछि २०२४ को अन्त्यसम्म तेल कटौती सम्झौतालाई प्रभावकारी राख्ने सहमति भएको छ ।’

‘साउदीको ललिपप’

अप्रिलमा, साउदी अरबले अचानक प्रति दिन १६ लाख ब्यारेल कटौतीको घोषणा गरेको थियो ।

मेदेखि यो लागू भएको थियो । साउदीको यो कदमपछि केही दिन तेलको भाउ बढेको थियो तर यसले दीर्घकालीन सुधार भने हुन सकेन ।

साउदी अरबका तेल मन्त्री प्रिन्स अब्दुलअजिज बिन सलमानले १० लाख ब्यारेल प्रतिदिनको कटौतीलाई आवश्यकता अनुसार जुलाईपछि पनि जारी राखिने बताएका छन् । 

उनले भने, ‘यो साउदी ललिपप हो ।’

साउदीको यो कदमलाई तेल बजारमा स्थायित्व ल्याउने प्रयास मानिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेदेखि नै कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण तेल उत्पादक देशहरू बजारमा अस्थिरताको सामना गरिरहेका छन् ।

पश्चिमी देशले ओपेकमा समावेश देशमाथि युक्रेन युद्धपछि रुसलाई साथ दिएको आरोप पनि लगाइरहेका छन् । पश्चिमी देशले रुसको ऊर्जा क्षेत्रलगायत  रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

यस्तै यी आरोपको प्रतिक्रियामा ओपेक देशले भनेको छ – पश्चिमी देशको आर्थिक नीतिका कारण पछिल्लो एक दशकमा महँगी अत्यधिक बढेको छ र तेल उत्पादन गर्ने देश आफ्नो मुख्य निर्यातको मूल्य बचाएर राख्नका लागि कदम उठाउन बाध्य छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ