१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थमन्त्रीबारे ओलीको टिप्पणी : कसम खाने बानी रहेनछ राम्रो लाग्यो

२३ जेष्ठ २०८०, मंगलवार ०९:३७

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् । 

‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन्’, ओलीको भनाइ छ । 

उनले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए । 

‘करका दर बढ्नेवाला छ । त्यसैबेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् ?’, ओलीले प्रश्न गर्दै भने,  ‘व्यापारीहरु छक्का पञ्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’ 

उनले पारीपटिट गाडी राखिने र करका दर बढ्दैछ भने वारी छिराउने नभए पारि नै राखिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट