२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा एक बुवाले आफ्नो छोरालाई जिउँदै भेटे…

२०८०, २४ जेष्ठ बुधबार ०८:४४

जेठ २४, काठमाडौँ | भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् । 

समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवमा आफ्नो मान्छे खोजिरहेका छन् ।


तर, पाँच दिनपछि एक जनाले आफ्नो छोरालाई जिउँदै फेला पारेका छन् । मृतकको बिचमा राखिएको शवमा खोज्दै जाँदा उनले आफ्नो छोरालाई जिउँदै फेला पारेका हुन् । 

दैनिक भास्करका अनुसार जसलाई मरेको भनेर शवहरूसँगै राखिएको थियो, त्यहाँ खोज्दै जाँदा उसले हात हल्लाएपछि जिउँदै फेला पारिएको हो । हेलाराम मलिक नामका ती व्यक्तिले आफ्नो छोरालाई घाइते अवस्थामा जिउँदै फेला पारेको समाचारमा उल्लेख छ । 

'२ जुनमा मेरो छोरा संतरागाचीबाट कारोमन्डल जान ट्रेन चढेको थियो । ऊ चेन्नई गइरहेको थियो,' मलिकलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ, 'करिब साढे ७ बजे उसले ट्रेन दुर्घटना भयो र म गम्भीर घाइते भएँ भनेर मलाई फोन गरेको थियो । फोन गर्दागर्दै ऊ बेहोस् भयो सायद बोल्न छोडेको थियो ।'

छोराको फोनपछि मलिक दुर्घटनास्थलमा खोज्न हिँडे । तर, उसलाई मरेको ठानेर शवहरूसँगै राखिएको रहेछ । बालासोर स्कूलमा बनाइएको मुर्दा घरमा उसलाई राखिएको थियो ।

जब होस आयो उसले हात हल्लायो । ऊ जिउँदै रहेको पत्ता लागेपछि अहिले अस्पताल लगिएको भास्करले समाचारमा जनाइएको छ । बुवाले आफ्नो छोरा बाच्ने आशा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह