१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसका उपाध्यक्षको चेतावनी – सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं

२६ जेष्ठ २०८०, शुक्रबार ०५:५०

जेठ २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । उनले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश जनाए ।

उनले भने, ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०-७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’

पाण्डेले १६५ निर्वाचन क्षेत्र भएपनि २/३ ठाउँमात्र बजेट दिएर अन्यत्र विभेद गरिएको टिप्पणी गरे ।

‘आजको जनता हो ४८ सालका जनता होइनन् । त्यही कांग्रेस, त्यही माओवादीलाई भोट हाल्ने जनता एउटा क्षेत्रमा ११० करोड हाल्ने कांग्रेसले नै जितेको अर्को ठाउँमा शून्य’, पाण्डेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट