2026-09-21 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हाइब्रिड मोडलमै हुने भयो एसिया कप, भारत र पाकिस्तानसँग भिड्दै नेपाल

जेठ २८, काठमाडौँ | लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो ।

क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने भएको छ ।

प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।

यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे एसीसीले आधिकारिक घोषणा गर्ने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने जनाइएको छ । पाकिस्तानमा हुने खेलहरू लाहोरमा खेलाइनेछन् ।

पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो । पाकिस्तानले गरेको हाइब्रिड मोडलमा एसीसीले रुचि देखाएको थिएन । पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।

पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख नजाम सेठीले दुई साताअघि एसीसीका उपाध्यक्ष तथा ओमान क्रिकेटका प्रमुख पंकज खिमजीलाई हाइब्रिड मोडलको विस्तृत प्रस्ताव पेश गरेका थिए ।

नेपालले पनि एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक