2026-09-21 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप: नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्ने सम्भावना, भोली हुँदैछ निर्णय

जेठ २८, काठमाडौं । एसिया कप खेलमा भारतले पाकिस्तानको भुमिमा क्रिकेट खेल्न नमानेपछि त्यसको बिकल्प श्रीलंकालाई प्रस्ताव गरिएको छ । प्रस्ताव अनुसार श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना छ ।

यदि प्रस्ताव अनुसार भए भारतले एसिया कपको आफ्नो खेलहरु श्रीलंकामा खेल्नेछ । एसिया कपमा खेलिने १३ मध्ये ५ वा ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् ।

एसिया कपमा भारत उपाधि दावेदार राष्ट्र हो । यदि भारत सेमी फाइनलमा पुगेको खण्डमा ५ खेल र फाइनलमा पनि पुगेको खण्डमा ६ खेल श्रीलंकामा हुनेछ ।  

क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार भोली सोमबार यसबारे घोषणा हुँदैछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।

भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ ।

दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो ।

नेपालले पहिलोपल्ट एसिया कप खेल्दैछ । एसिया कपका खेलहरु अन्तर्गत समूह ए मा नेपाल टिम भारत र पाकिस्तानसँगै परेको छ । नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ ।

भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो । तर, बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वमा हुने चरम गर्मी अवस्थाबारे चिन्ता व्यक्त गरेपछि श्रीलंकाले आफ्नो देशमा आयोजना गर्न प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह