Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दिल्ली उडे महन्थ ठाकुर

२०८०, २८ जेष्ठ आईतवार ०८:१३

जेठ २८, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए । राउत भारतीय जनता पार्टीका नेता तथा सरकार पक्षका केही व्यक्तिलाई भेटेर फर्केका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि महानगरपालिका मेयर बालेन साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।

सोही सिलसिलामा लोसपाका अध्यक्ष ठाकुर पनि दिल्ली जान लागेको बुझिएको छ । स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ