१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति

३० जेष्ठ २०८०, मंगलवार ०७:२२

जेठ ३०, काठमाडौँ | सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए।


उनले भने, ‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो। सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ।’

बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको उनको भनाइ छ।

उनले भने, ‘बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको छ। उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। प्रधानमन्त्रीले पनि आफ्नो कुरा राख्नुभयो।’

त्यसो त नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको दिए। अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट