Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको एकपछि अर्को अडान, समितिको वैधानिकतामा उठाए प्रश्न

२०८०, ३१ जेष्ठ बुधबार ०८:०१

जेठ ३१, काठमाडौँ | प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरू एक्लाएक्लै छलफलमा नजाने अडानका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ । उजुरीकर्ताहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेपछि अहिले समिति सचिव, सहसचिवलगायतका कर्मचारीसँग छुट्टै कोठामा छलफलमा छन् ।

उजुरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले समिति सचिव पद्मप्रसाद पाण्डे र सहसचिव एकराम केसीलगायतका कर्मचारीसँग छलफल गरे । कर्मचारीसँग छलफलपछि उनीहरू वार्ताका लागि मात्र भनेर अहिले समिति बैठकमा छिरेका छन् । तर, उजुरीउपर छलफल भने नगर्ने उनीहरूको जिकिर छ ।

बैठकमा २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएको ज्येष्ठ सदस्य तथा समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन् । उनले प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराएपछि उजुरीकर्ताले सामूहिक रूपमा विरोध जनाएका थिए ।

उजुरीकर्ताले संसदीय सुनुवाइ समितिकै वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘संवैधानिक परिषद्को अवैधताको विषयमा मैले निवेदन दायर गरेको छ । तर, सर्वोच्च अदालतले नौ दिनसम्म होल्ड गरेर राख्यो । हामीले १० औं दिनमा प्रेस मिट गराइएपछि दरपीठ भएर जानकारी गराइयो । त्यसको विरुद्ध अर्को मुद्दा लाग्छ । त्यो मुद्दा पनि उठायौं । त्यसको आजसम्म चार पटक पेशी तोकिएको छ तर हेर्न नभ्याउने भनेर हामीलाई यातना दिइरहेको छ । हामी मुद्दा लडिरहेका छौं ।’

उनले थपे, ‘संवैधानिक परिषद् मिटिङ बस्न सक्ने, कारवाही गर्ने र कुनैपनि सिफारिस गर्ने सम्बन्धित कानुनहरु हुन्छ त्यो कानून नै ओलीको पालामा झिकिएको छ। खारेज गरिएको छ । अहिले पनि ल्याइएको छैन । त्यसैले यो संसदीय सुनुवाइ समितिको पनि वैधानिकता छैन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ