२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अभ्यास खेलमा नेपालको पहिलो जित, विश्वकप छनौटको पहिलो खेल जिम्वावेसंग खेल्दै

२०८०, १ असार शुक्रबार ०१:४९

असार १, काठमाडौँ । सोमपाल कामीको उत्कृष्ट बलिङ र कुशल भुर्तेलको शतकमा नेपालले अभ्यास खेलमा हारको शृंखलालाई टुंग्याएको छ । आइतबारदेखि सुरु हुने विश्वकप क्रिकेट छनोटअघिको अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।

यस अघि दक्षिण अफ्रिकामा खेलिएका दुई अभ्यास खेलमा नेपालले क्रमशः स्कटल्यान्डसँग ७ र नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको थियो । 

ओमानसँगको अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई हरारे स्पोर्ट्स क्लबमा ४९.२ ओभरमा २ सय ६८ रनमा अलआउट गर्न सफल भयो । ओमानबिरुद्धको अभ्यास खेलमा नेपालका लागि कुशल र आसिफ शेखले ७ ओभरको खेलमा ५० रन जोडेका थिए । आसिफले २४ बल खेल्दै ४ चौका प्रहार गर्दै २३ रन बनाए  । त्यस्तै ४१ बलमा अर्धशतक पूरा गरेका कुशलले कुल ९१ बल खेलेर शतक बनाएका थिए । त्यस्तै खेलमा भीम सार्कीले ७४ बल खेलेर ९ चौकासहित ५६ रन बनाएका थिए ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा ३ चौकासहित २६ रन बनाए । कप्तान रोहित पौडेलले २८ बलमा २ चौकासहित ३१ रन बनाए । त्यस्तै कुशल मल्लले १७, आरिफ शेखले २ रन बनाउँदा प्रतिश जिसी भने शून्यमै आउट भए । स्कोर बराबरी भएको समयमा रोहित, आरिफ र प्रतिश आउट भएपछि सन्दीप लामिछानेले आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरिदिए । जुन प्रहारनै नेपालको बिजयी रन बन्यो । खेलमा ओमानबाट अकिल इल्याजले ४२ रनमा ४ विकेट लिए ।

खेलमा सुरुवाती ब्याटिङ गरेको ओमानका लागि नेपाल सुर्मै भारी परेको थियो । सोमपालले सुरुआतमै ३ विकेट लिएर ओमानलाई अफ्ट्यारो बनाएका थिए । खेलको सुरुवाती सातौं ओभरमा ७ रन बनाउँदा ओमानले ४ विकेट गुमाइसकेको थियो । सोमपालले कश्यप प्रजापतिलाई १, इल्याजलाई शून्य, मोहम्मद नदिमलाई १ रनमा आउट गरेका थिए । त्यस्तै करणले अर्का ओपनर जतिन्दर सिंहलाई आउट गरेपछि ओमान निकै दवावमा परेको थियो । त्यसपछि ओमानका कप्तान कप्तान जिसन मक्सुदले १ सय ९ रनको इनिङ्स खेल्नेक्रममा १ सय ६ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै सोएब खानले ६९ बलमा ४ चौका र १ छक्कासहित ३८, सन्दीप गौडले १५, आयान खानले ४६ बलमा ३ चौका र १ छक्कासहित ५६ र नसिम खुशीले १७ रन बनाए । 

खेलमा नेपालका लागि सोमपाल कामीले कुल ५ विकेट लिए । सन्दीपले ३ विकेट लिए भने करण र प्रतिश जिसीले १–१ विकेट लिए ।

नेपालले आइतबार आयोजक जिम्बावेसँग विश्वकप छनोटमा आफ्नो पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ