२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

२०८०, १ असार शुक्रबार ०७:४९

असार १, काठमाडौँ | आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष समिति बनाइएको व्यवसायी राजु केसीले रातोपाटीलाई जानकारी दिए ।  जसअनुसार व्यवासायीले कालीमाटीसहितका राजधानीका सम्पूर्ण र उपत्यकाबाहिरका फलफूल तथा तरकारी बजारमा समेत शनिबारदेखि कालो झण्डासहित विरोधमा ब्यानर टाँग्ने भएका छन् । 

अर्का व्यवसायी उज्जल कार्कीले आलु प्याजसहित तरकारी र फलफूलजन्य कृषि उपजहरुमा नेपाल सरकारले लगाएको भ्याट फिर्ता हुनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । उनले आलु र प्याज दैनिक उपभोग्य वस्तु भएको बताउँदै भ्याट लगाउँदा तत्काल मूल्यवृद्धि हुने र उपभोक्ता मारमा पर्ने भएकाले फिर्ता लिन माग गरिएको बताए । 

उनले भ्याटको जटिलताले गर्दा विक्रि वितरण पनि सहज नहुने बताए । यसका लागि विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि बाध्य भएर संयुक्त, संघर्ष समिति बनाइएको उनले बताए । उनले भोलिदेखि विरोधका कार्यक्रम गरिने भन्दै समितिमा उपत्यका र बाहिरका सबै तरकारी तथा फलफूल व्यवसायीहरु रहेको बताए । 

उनले ३ गते बृहत बैठक बोलाइएको र सो बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह