Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

२०८०, १ असार शुक्रबार ०८:१५

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ । 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने भएको छ । 

 ‘मोर्चामा सहभागी दलको नेताहरुले आलोपालो नेतृत्व गर्ने टुंगिएको छ, तर यसलाई अन्तिम रुप दिन बाँकी छ’, जसपाका नेता राजेन्द्र श्रेष्ठ भन्छन् ।

श्रेष्ठका अनुसार, तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति जुटेको ब्रिफिङ पार्टी नेताहरुलाई दिएका छन् । ‘पार्टी अध्यक्षले मोर्चाको मोडालिटीबारे जानकारी दिनुभएको छ, अब चाँडै मोर्चा घोषणा हुन्छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गरेका थिए । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

‘सबै पार्टीको अस्तित्व कायमै रहन्छ, पार्टीगत कार्यक्रम हुन्छ । तर साझा उद्देश्यमा एकठाउँ हुन्छौं’ जसपाका नेता श्रेष्ठ भन्छन्, ‘अरु देशहरुमा पनि प्रगतिशील र क्रान्तिकारी शक्तिहरुले एकीकृत मोर्चा बनाउँछन्, हामीले त्यस्तै बनाउने हो ।’

श्रेष्ठका अनुसार, मोर्चाको सैद्धान्तिक उद्देश्य पनि टुंगिएको छ । ‘हाम्रो उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ’, श्रेष्ठ भन्छन् । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना साझा संकल्प हुने श्रेष्ठ बताउँछन् ।

‘मौलिक विशेषताको समाजवाद स्थापना गर्न त्यही अनुसारको अर्थ–राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, त्यसैले प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको साझा मोर्चा आवश्यक परेको हो’, श्रेष्ठ भन्छन् ।

यो मोर्चामा नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतम पनि सहभागी हुने तयारी छ । ‘विप्लव आउने कुरा भइसकेको छ, बामदेवसँग कुरा चलिरहेको छ’, एक नेताले भने । यदि यी नेता थपिएमा यो मोर्चा पाँच दलीय हुनेछ । यसबाहेक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामै जोडिने ती नेता बताउँछन् । ‘उहाँ कसरी जोडिने भन्ने हो । तर अलग बस्नु हुन्न’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ