१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

१ असार २०८०, शुक्रबार ०८:१५

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ । 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने भएको छ । 

 ‘मोर्चामा सहभागी दलको नेताहरुले आलोपालो नेतृत्व गर्ने टुंगिएको छ, तर यसलाई अन्तिम रुप दिन बाँकी छ’, जसपाका नेता राजेन्द्र श्रेष्ठ भन्छन् ।

श्रेष्ठका अनुसार, तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति जुटेको ब्रिफिङ पार्टी नेताहरुलाई दिएका छन् । ‘पार्टी अध्यक्षले मोर्चाको मोडालिटीबारे जानकारी दिनुभएको छ, अब चाँडै मोर्चा घोषणा हुन्छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गरेका थिए । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

‘सबै पार्टीको अस्तित्व कायमै रहन्छ, पार्टीगत कार्यक्रम हुन्छ । तर साझा उद्देश्यमा एकठाउँ हुन्छौं’ जसपाका नेता श्रेष्ठ भन्छन्, ‘अरु देशहरुमा पनि प्रगतिशील र क्रान्तिकारी शक्तिहरुले एकीकृत मोर्चा बनाउँछन्, हामीले त्यस्तै बनाउने हो ।’

श्रेष्ठका अनुसार, मोर्चाको सैद्धान्तिक उद्देश्य पनि टुंगिएको छ । ‘हाम्रो उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ’, श्रेष्ठ भन्छन् । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना साझा संकल्प हुने श्रेष्ठ बताउँछन् ।

‘मौलिक विशेषताको समाजवाद स्थापना गर्न त्यही अनुसारको अर्थ–राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, त्यसैले प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको साझा मोर्चा आवश्यक परेको हो’, श्रेष्ठ भन्छन् ।

यो मोर्चामा नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतम पनि सहभागी हुने तयारी छ । ‘विप्लव आउने कुरा भइसकेको छ, बामदेवसँग कुरा चलिरहेको छ’, एक नेताले भने । यदि यी नेता थपिएमा यो मोर्चा पाँच दलीय हुनेछ । यसबाहेक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामै जोडिने ती नेता बताउँछन् । ‘उहाँ कसरी जोडिने भन्ने हो । तर अलग बस्नु हुन्न’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट