१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिके राउत र रेशम चौधरीबीच भेटघाट

१ असार २०८०, शुक्रबार ०८:५४

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गरेका थिए । बिहीबार नेता चौधरी जनमत पार्टीको कार्यालयमै राउतलाई भेट्न पुगेका थिए । नेता चौधरीले भने, ‘यो समान्य राजनीतिक भेटघाट मात्र हो, जेलबाट निस्केपछि सबै साथीभाइ तथा नेताहरुलाई भेट्ने क्रममा राउतजीलाई भेटेको हुँ भेटघाटको खास उद्देश्य थिएन ।’


अगामी दिनमा कसरी मिलेर जाने भन्ने विषयमा यसपछिका भेटमा छलफल हुने बताउँदै उनले परिवर्तनका लागि वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।  नेता चौधरी जेलमा भएका बेला नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको थियो । तर त्यो सहमतिअनुसार अहिले काम भएन । दुवै दल सरकार निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगायतमा फरक बाटो हिँडेका थिए । चौधरी भन्छन्, ‘त्यो बेलाको अवस्था फरक थियो, त्यही भएर सहकार्य नभएको होला, अगामी दिनमा हामी छलफल गरेर अगाडि बढ्छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट