Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिके राउत र रेशम चौधरीबीच भेटघाट

२०८०, १ असार शुक्रबार ०८:५४

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गरेका थिए । बिहीबार नेता चौधरी जनमत पार्टीको कार्यालयमै राउतलाई भेट्न पुगेका थिए । नेता चौधरीले भने, ‘यो समान्य राजनीतिक भेटघाट मात्र हो, जेलबाट निस्केपछि सबै साथीभाइ तथा नेताहरुलाई भेट्ने क्रममा राउतजीलाई भेटेको हुँ भेटघाटको खास उद्देश्य थिएन ।’


अगामी दिनमा कसरी मिलेर जाने भन्ने विषयमा यसपछिका भेटमा छलफल हुने बताउँदै उनले परिवर्तनका लागि वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।  नेता चौधरी जेलमा भएका बेला नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको थियो । तर त्यो सहमतिअनुसार अहिले काम भएन । दुवै दल सरकार निर्माण, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव लगायतमा फरक बाटो हिँडेका थिए । चौधरी भन्छन्, ‘त्यो बेलाको अवस्था फरक थियो, त्यही भएर सहकार्य नभएको होला, अगामी दिनमा हामी छलफल गरेर अगाडि बढ्छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ